काठमाडौं, ६ चैत्र । शहीद स्मारक महिला राष्ट्रिय लिग फुटबल पनि स्थगित भएको छ । पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन शुरू गरेसँगै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक कारण देखाउँदै महिला लिग स्थगित गरेको हो ।
लिगमा सहभागी ९ वटा क्लबलाई पत्राचार गर्दै एन्फाले अर्को सूचना नभएसम्मका लागि प्रतियोगिता स्थगित गरेको जानकारी गराएको छ । एन्फाको आयोजनामा महिला लिग गएको बुधवारदेखि शुरू भएको थियो ।यसअघि एन्फाले राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित गरेको थियो ।यसअघि अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन एन्फालाई पत्राचार गरेको थियो । पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई नियम विपरीत खेलाइएको पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ । पर्यटकीय भिसामा रहेका खेलाडीहरू एन्फाले सञ्चालन गरिरहेको राष्ट्रिय महिला तथा पुरुष लिग खेलेको भन्ने उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई पत्राचार गरेको हो ।







प्रतिक्रिया