चैत ३० मा आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षा

काठमाडौं, ५ चैत । आयुर्वेद चिकित्सा परिषद् नेपालले चिकित्सा स्नातक उत्तीर्ण विद्यार्थीहरूका लागि स्थायी नाम दर्ता (लाइसेन्सिङ) परीक्षाको मिति घोषणा गरेको छ। परिषद्को पछिल्लो निर्णयअनुसार आगामी चैत ३० गते सोमबार परीक्षा सञ्चालन हुनेछ ।

परीक्षाका लागि परिषद्ले आजैका मितिदेखि अनलाइन आवेदन प्रणाली खुला गरेको छ । इच्छुक उम्मेदवारहरूले चैत १९ गतेसम्म नियमित शुल्कमा फारम भर्न सक्नेछन् भने चैत २० देखि २८ गतेसम्म बिलम्ब शुल्क तिरेर आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

योग्यता प्रावधान

परिषद्का अनुसार परीक्षामा सहभागी हुनका लागि शैक्षिक योग्यतासँगै इन्टर्नसिपको अवधि पनि तोकिएको छ ।

नेपालमा अध्ययन गरेकाहरूको हकमाः ६ महिनाको इन्टर्नसिप अनिवार्य ।

विदेशमा अध्ययन गरेकाहरूको हकमाः १ वर्षको इन्टर्नसिप पूरा भएको हुनुपर्ने ।

दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन परिषद्ले अनलाइन फारम भर्ने व्यवस्था मिलाएको हो । योग्यता पुगेका चिकित्सकहरूले तोकिएको समयभित्रै प्रक्रिया पूरा गरी परीक्षामा सामेल हुन सक्नेछन् ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार  १३ : ०२  बजे