काठमाडौं, ५ चैत । नेपाल चिकित्सक संघको स्थगित निर्वाचन चैत महिना भित्रै सम्पन्न गर्ने प्रस्ताव अघि सारिएको छ । संघको निर्वाचन समितिले बुधबार उम्मेदवार र उनीहरुका प्रतिनिधि तथा संघका पूर्व पदाधिकारीसँग छलफल गर्दै मिति समेत प्रस्ताव गरेको छ ।
बैठकमा उपत्यका बाहिर चैतको २० र २१ गते तथा काठमाडौँ उपत्यका भित्र २८, २९ र ३० चैतमा निर्वाचन गर्ने प्रस्ताव गरिएको छ। उक्त प्रस्तावमाथि छलफल भएपनि निष्कर्ष भने ननिस्किएको बताइएको छ । भोली औपचारिक रुपमा मिति सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।
धेरै उम्मेदवारहरुले चैत महिना भित्रै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी एकले बताउनुभयो । बुधबारको बैठकमा टिम मंगलबाट डा. मंगल रावलसंगै प्रतिनिधिहरु, टीम बद्रीबाट डा बद्री रिजालसहित उहाँका टिम, रिफर्मबाट डा. अमृत भुसाल सहितको टीमका साथै चिकित्सक संघका प्रतिनिधिहरुको सहभागिता थियो ।







प्रतिक्रिया