लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौँ, ४ चैत ।  इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई हमलामा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिने धम्की दिएका छन् ।उनले मंगलबार मारिएका सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीसँगै अन्य ‘सहिद’हरूको मृत्युको बदला लिने धम्की दिएका हुन् ।

हातामीले भने, ‘सही समय र सही स्थानमा अपराधी अमेरिका र रक्तपिपासु जियोनिस्ट शासनलाई एक निर्णायक र यस्तो जवाब दिनेछौं, जुन अरूका लागि सबक बनोस् । उनीहरूलाई आफ्नो कर्मप्रति पछुतो होस् ।’इरानले मंगलवार सचिव लारिजानीको मत्युको पुष्टि गरेको थियो ।

त्यसअघि इजरायलले लारिजानी मारिएको दाबी गरेको थियो । समाचार एजेन्सी एएफपीका अनुसार इरानको रिभोल्युशनरी गाड्र्स (आईआरजीसी) ले लारिजानीको मृत्युको बदलामा मध्य इजरायलमा पहिले नै मिसाइल प्रहार गरिएको बताएको छ । आईआरजीसी इरानको सेनाभन्दा अलग्गै संगठन हो ।

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार  ०९ : ३५  बजे