नेतान्याहू मारिएको हल्लापछि कफी पिएको भिडिओ सार्वजनिक, एआई निर्मित भएको जिकिर

काठमाडौं, २ चैत । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू इरानको हमलामा मारिएको हल्लापछि उहाँको सोसल मिडिया अकाउन्टमा कफी पिइरहेको भिडिओ सार्वजनिक भएको छ ।

यद्यपि यो भिडिओलाई एआई निर्मित भन्ने दाबी समेत गरिएको छ । यता दिल्लीस्थित इजरायली राजदूत रुवेन अजारले भिडिओ एआई निर्मित नभएर वास्तविक भएको र आफूले जेरुसेलमा कतिपय अवस्थामा उहाँलाई देखेको बताउनुभएको छ ।

इरानी सेनाले भने हालै वक्तव्य जारी गरेर यदि नेतान्याहू जिउँदो भएमा उहाँलाई खोजेर मार्ने घोषणा गरेको छ । नेतान्याहू सयौँ बच्चाहरूको हत्यारा भएकाले उहाँलाई बाँच्ने अधिकार नभएको इरानको दाबी छ ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार  १५ : ०८  बजे