मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

काठमाडौं, १ चैत्र । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार जानकारी यो जानकारी दिएका हुन् ।

उनले ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई भारतीय जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेको बताए ।उनका अनुसार यी दुवै जहाजमा कुल करिब ९३ हजार मेट्रिक टन बढी तरल पेट्रोलियम ग्यास ९एलपीजी० लोड गरिएको छ ।

विदेश मन्त्रलायका प्रवक्ता जयसवालका अनुसार खाडी क्षेत्रमा भारतका अन्य जहाज पनि स्ट्यान्डबाइ अवस्थामा राखिएका छन् । भारतले आफ्नो ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित देशहरूसँग निरन्तर समन्वय गरिरहेको छ ।यसअघि इन्धन बोकेर भारत आउँदै गरेको एक थाई जहाजमा हमाला भएको थियो ।

हालसम्म मध्यपूर्व तनावकाकारण ५ भारतीय नागरिकको ज्यान गएको छ भने एक जना बेपत्ता छन् । खाडी क्षेत्रबाट इन्धन आयात प्रभावित हुँदा भारतमा पनि तेल र ग्याँसको अभाव छ । भारतबाट आयात गर्ने नेपालमा पनि इन्धन आपूर्ति प्रभावित भएको छ ।

 

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार  ०८ : ३७  बजे