काठमाडौं, ३० फागुन । घर लिप्ने माटो खन्न गएकी रोल्पाकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका–७ खाक्सीबनकी वर्ष ४९ की निर्मला बुढाथोकीको मृत्यु भएको हो ।वर्ष २८ की एलिना पुन, वर्ष ३८ की शान्ति पुन र वर्ष ४९ की पार्वती पुन घाइते भएका छन् । घाइते सबैको अवस्था मध्यम रहेको जनाइएको छ ।
उनीहरुको निधार,ढाड र कम्मरमा चोट छ । घाईते तीनैजनाको होलेरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मोतिखन्ने डाँडामा ७ जना माटो खन्न गएका थिए । तीन जना भने सकुशल छन् ।गहिरो र सुरुङ जस्तो खाल्दोमा माटो खन्दै गर्दा ढिस्को खसेर निर्मला पुरिएकी थिइन । माटोले पुरिएको खबर दिउँसो १२ः३० बजे प्रहरीलाई खबर पुगेको थियो । घटनाको सूचना लगत्तै इलाका प्रहरी कार्यालय होलेरीबाट ७ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । पुरिएकी निर्मलालाई माटो पन्छाई निकाल्दा मृत अवस्थामा फेला परेकी थिएन । मृतकको रेउघा अस्पतालमा पोस्टमार्टम गरिने जनाइएको छ ।









प्रतिक्रिया