नेपाल ओलम्पिक कमिटीको आयोजनामा आज एसियन गेम्स फन रन हुँदै

काठमाडौँ, ३० फागुन । नेपाल ओलम्पिक कमिटीले आज एसियन गेम्स फन रन गर्दैछ ।

ओलम्पिक कमिटीका अनुसार जापानमा हुने एसियाली खेलकुद ९एसियाड० को प्रचारप्रसार र खेल भावना प्रवर्धन गर्ने उद्देश्यले एसियन गेम्स फन रन आयोजना गरिएको हो ।ललितपुरको सातदोबाटोमा रहेको ओलम्पिक कमिटीको कार्यालयबाट बिहान साढे ७ बजे शुरु हुने एसियन गेम्स फन रन ललितपुरका विभिन्न ठाउँ हुँदै पाटन डबलीमा पुगेर समापन हुनेछ ।एसियाली खेलकुद आउँदो सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा हुँदैछ । २० औँ एसियाली खेलकुदमा सहभागिताका लागि एनओसीमार्फत् ३२ खेल दर्ता भइसकेको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार  ०७ : २४  बजे