काठमाडौं, २९ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा बालेन साहले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा स्वर्गीय मोहनप्रसाद ओलीको निधनप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ।
शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्त गर्दै नेता साहले स्वर्गीय मोहनप्रसाद ओलीप्रति सम्मान प्रकट गर्नुका साथै अध्यक्ष ओलीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको हो।
उहाँले केही समयअघि आफैंले पनि आफ्ना पितालाई गुमाएको स्मरण गर्दै पिताको अभावले जीवनमा कस्तो गहिरो पीडा र रित्तोपन ल्याउँछ भन्ने अनुभूति आफूले नजिकबाट महसुस गरेको उल्लेख गर्नुभएको छ।
सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “केही समयअघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ– पिताको अनुपस्थितिले जीवनमा कति ठूलो रित्तोपन ल्याउँछ र कस्तो अपूरणीय अभाव सिर्जना हुन्छ। पूर्वप्रधानमन्त्री KP Sharma Oliज्यूलाई पर्न गएको पितृशोकप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। पिताजीप्रति हार्दिक श्रद्धाञ्जलि, वैकुण्ठवास होस्।”
उहाँको उक्त सन्देशपछि सामाजिक सञ्जालमा धेरै व्यक्तिहरूले पनि स्वर्गीय मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना व्यक्त गरिरहेका छन्।









प्रतिक्रिया