झापाका स्थानीयलाई गालीगलौज गरेको भन्दै रविरत्न चुडाल पक्राउ

काठमाडौं, २९ फागुन । प्रहरीले रविरत्न चुडाललाई पक्राउ गरेको छ। उहाँलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनी काठमाडौंबाट पक्राउ पर्नुभएको हो । रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनाव जितेपछि चुडालले सामाजिक सञ्जालमा झापाका स्थानीयलाई लक्षित गर्दै गालीगलौज गर्नुभएको थियो ।

‘हामीलाई झापाको मानिसलाई गालीगलौज गरेको भनेर गुनासो आयो। त्यही भएर पक्राउ परेका हुन्,’ एसएसपी खड्काले भन्नुभयो सामाजिक सञ्जालमा तथानाम गाली गर्न पाइन्न। आफ्नो कुरा राख्नेक्रममा कसैको मान मर्दन गर्न हुँदैन।
उहाँविरूद्ध धरान प्रहरी कार्यालयमा पनि साइबर अपराधको उजुरी छ। त्यहाँ महिला पत्रकारलाई गाली गलौज गरेको आरोपमा विद्युतीय कारोबार ऐन अनुसार पक्राउ पुर्जी छ।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार  ०७ : ५२  बजे