काठमाडौं, २८ फागुन । भोलीदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालिमा’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशभरका चलचित्र घर (हल) ले बिहीबारदेखि बुकिङ खुला गरेका हुन् । यस चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी सो (शो) पाएको छ ।
निर्वाचनपछि प्रदर्शनमा आउन लागेको यो पहिलो नेपाली चलचित्र हो । यौनकर्मीको वास्तविक समस्या, पीडा र मानसिकताको कथा समेटिएको यस चलचित्रमा अभिनेत्री रोश्नी कार्की शीर्ष भूमिकामा हुनुहुन्छ । साथै अभिनेता जीवन भट्टराई, अभिनेत्री उषा रजक र कलाकार शिशिर वाङ्देलको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेल लगायतका कलाकारको समेत अभिनय रहेको छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुनुहुन्छ । नेसनल सिने ग्रुप नेपालले चलचित्र वितरणको जिम्मेवारी लिएको छ ।









प्रतिक्रिया