काठमाडौँ, २८ फागुन । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ९७ पैसा र बिक्रीदर १४७ रुपियाँ ५७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपियाँ ५३ पैसा र बिक्रीदर १७१ रुपियाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपियाँ ५१ पैसा र बिक्रीदर १९८ रुपियाँ ३१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ ७५ पैसा र बिक्रीदर १८९ रुपियाँ ५२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ ३० पैसा र बिक्रीदर १०५ रुपियाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ३१ पैसा र बिक्रीदर १०८ रुपियाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ४८ पैसा र बिक्रीदर ११५ रुपियाँ ९३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २८ पैसा र बिक्रीदर नौ रुपियाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ४० पैसा र बिक्रीदर २१ रुपियाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ १६ पैसा र बिक्रीदर ३९ रुपियाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ३१ पैसा र बिक्रीदर ४० रुपियाँ ४८ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६३ पैसा र बिक्रीदर चार रुपियाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ एक पैसा र बिक्रीदर ४० रुपियाँ १८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ६८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९८ पैसा र बिक्रीदर १० रुपियाँ दुई पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ र बिक्रीदर १६ रुपियाँ सात पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८२ पैसा र बिक्रीदर २२ रुपियाँ ९२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ७८ पैसा र बिक्रीदर १८ रुपियाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपियाँ ६ पैसा र बिक्रीदर ४८२ रुपियाँ दुई पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपियाँ ६ पैसा र बिक्रीदर ३९० रुपियाँ ८१ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपियाँ २१ पैसा र बिक्रीदर ३८३ रुपियाँ ३० पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।









प्रतिक्रिया