रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्यको प्रतिबद्धता

काठमाडौं, २६ फागुन ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्नुभएको छ।मोदीले दुवै नेतासँग सोमबार टेलिफोन संवाद गर्दै हालै सम्पन्न निर्वाचनमा रास्वपाको शानदार जीतका लागि बधाई दिनुभएको छ ।

मोदीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराउनुभएको हो । संवादका क्रममा उहाँले आगामी दिनमा बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री मोदीले संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गर्नुभएको छ।फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपा झण्डै दुईतिहाइ सीट सुनिश्चित गर्न सफल भएको छ । रास्वपा बालेनलाई प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा गएको थियो ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार  ०८ : २३  बजे