काठमाडौं, २६ फागुन । नेपाली कम्युनिस्ट पार्टी नेकपाका मातृकाप्रसाद यादव धनुषा क्षेत्र नम्बर १ मा विजयी घोषित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि घण्टी चिह्नमा सर्वाधिक मत परेपछि परिणाम घोषणा नगरी स्थगनमा राखिएको थियो ।
सोमबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि परिणाम घोषणा गरी यादवलाई प्रमाणपत्र दिइएको हो । सर्वोच्चले अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई फागुन २९ गते बोलाएको छ । यादवले उम्मेदवारी कायम रहेकामध्ये सबै भन्दा बढी मत पाउनुभएको थियो । उहाँले १० हजार ४०३ मत पाउँदा कांग्रेसका रामपल्टन साहले ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत प्राप्त गनुभएको थियो ।









प्रतिक्रिया