काठमाडौं, २६ फागनु । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड दुई लाख ५८ हजार २३१ मतगणना भएको छ ।यही फा गुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार बिहान ६ः२० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख ३१ हजार ९३० मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६८ हजार ८४५, नेकपा ९एमाले०ले १३ लाख ८६ हजार ३२७, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४९ हजार ३५१ मत पाएका छन् ।यस्तै, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार ४०मत प्राप्त गरेको छ । मतगणना जारी छ ।
0
Shares









प्रतिक्रिया