७ वटै प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितको भारी हिमपात र वर्षा हुँदै

काठमाडौँ, २५ फागुन । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

सोमबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

त्यस्तै, सोमबार दिउँसो भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी -हिमाली भू-भामामा साधारणतया बादल लाग्नेछ। साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएका हो । कोशी, मधेश, बागमती, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, सोमबार राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा साधरणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। गण्डकी , कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी-हिमाली भू-भागका केही स्थानमा मेघगर्जन(चट्याङ्गसहित हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।

 

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार  ०७ : ५७  बजे