समानुपातिक तर्फ ५० लाख मतगणना : रास्वपाको २४ लाख, अन्य दलको कति ?

काठमाडौं, २४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले समानुपातिकतर्फ २४ लाख ७२ हजार ९६१ मत पुर्‍याएको छ । यो ५० लाख १८ हजार ६१२ मत गणना हुँदासम्मको परिणाम हो ।

नेपाली कांग्रेसले ८ लाख ३६ हजार १७७ मत प्राप्त गरेको छ । नेकपा एमालेको ७ लाख १५ हजार २१७ मत छ ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ३ लाख ४० हजार ४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८० हजार ५९१ भोट ल्याएको छ ।

श्रम संस्कृति पार्टीले १ लाख २३ हजार २४१, जनता समाजवादी पार्टी नेपालले ६१ हजार ३३१, राष्ट्रिय परिवर्तन पार्टीले ५४ हजार २२५, जनमत पार्टीले २७ हजार ६५७ र नेपाल मजदुर किसान पार्टीले २६ हजार ९८१ मत प्राप्त गरेको छ ।

 

 

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  २० : ०३  बजे