चितवन–१ मा रास्वपाका हरि ढकाल ४५ हजार मतान्तरले विजयी

काठमाडौं, २३ फागुन ।  प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल विजयी हुनुभएको छ ।
ढकालले नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई ४५ हजार १७५ मतान्तरले हराउनुभएको हो । ढकालले ५८ हजार २०८ र बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेकपा एमालेका दावा दोर्जे लामा १० हजार ८९९ मतसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का कृष्णराज पन्त ४ हजार ८१ मतसहित चौथो स्थानमा हुनुहुन्छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  २१ : २७  बजे