चितवनमा अटो रिक्सा दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

ताप्लेजुङ, २३ फागुन ।  चितवनको कालिका नगरपालिका–९ दब्यटारमा रहेको भित्री सडक खण्डमा अटो रिक्सा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा अटो चालक राप्ती नगरपालिका–९ का ३९ वर्षीय पूर्ण विक, राप्ती–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती–९ की २२ वर्षीया बिनि तामाङ र ५६ वर्षीया तिलक तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनुभएका राप्ती नगरपालिका–९ की ५३ वर्षीया चिनीकुमारी गुरुङको भरतपुरमै उपचार भइरहेको छ ।

आज उपरदानगढीबाट शक्तिखोरतर्फ गुडिरहेको बागमती प्रदेश ०६–००१ ह ०३१५ नम्बरको अटो रिक्सा अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको हो ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  २१ : १९  बजे