दिउँसो ३ बजेसम्म ३९ प्रतिशत मतदान

काठमाडौँ, २१ फागुन  । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार दिउँसो ३ बजेसम्म देशभर ३९ प्रतिशत मतदान भएको छ ।निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा दिउँसो ३ बजेसम्म ५८ प्रतिशत मत खसेको छ । कोशीमा २८ वटा निर्वाचन क्षेत्रमा मतदानस्थल सङ्ख्या एक हजार ९०७ रहेको छ । उपत्यकामा ५१ प्रतिशत मत खसेको छ । उपत्यकामा १५ वटा निर्वाचन क्षेत्र तथा ५२७ वटा मतदानस्थलबाट मतदान प्रक्रिया जारी रहेको छ । मधेसमा ५४ प्रतिशत मत खसेको छ । मधेसमा ३२ वटा विर्नाचन क्षेत्र रहेकोमा दुई हजार १६० मतदानस्थल छन् । बागमतीमा ५३ प्रतिशत मत खसेको छ । बागमतीमा १८ वटा निर्वाचन क्षेत्र तथा एक हजार २८८ मतदानस्थल छन् । गण्डकीमा ४१ प्रतिशत मत खसेको छ । गण्डकीमा १८ वटा विर्नाचन क्षेत्र तथा एक हजार २९७ मतदानस्थल छन् । लुम्बिनीमा ३८ प्रतिशत मत खसेको छ । लुम्बिनीमा २६ निर्वाचन क्षेत्र तथा एक हजार ६७१ मतदानस्थल छन् ।

कर्णालीमा ४२ प्रतिशत मत खसेको छ । कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र तथा ९४१ मतदानस्थल छन् । सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत मत खसेको छ । सुदूरपचिममा १६ वटा विर्नाचन क्षेत्र र एक हजार १७६ मतदानस्थल छन् । आयोगका अनुसार देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा दश हजार ९६७ मतदानस्थल छन् । कुल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ मध्ये दिउँसो ३ बजेसम्म ७४ लाख १४ हजार १०१ जनाले मतदान गर्नुभएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार  १६ : ४५  बजे