जनकपुरधाम, २० फागुन । पर्सा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शंकास्पद वस्तु फेला परेपछि उहाँलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । बरहनियार चोकमा नियमित चेकजाँचक्रममा प्रहरी, सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले बा१०च १२५० नम्बरको रातो कार जाँच गर्दा बमजस्तो देखिने चार पोका शंकास्पद वस्तु फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकले ने प्रारम्भिक जाँचअनुसार यी वस्तु विस्फोटक पदार्थ रहेको देखिएको बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। उम्मेदवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र एक जना चालक गरी चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गाडी नेपाली सेनाको नियन्त्रणमा रहेको छ भने व्यक्तिहरू प्रहरीको निगरानीमा राखिएको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।









प्रतिक्रिया