सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु

काठमाडौं, १९ फागुन ।  सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो हुनुहुन्छ । उहाँ सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिनुभएको थियो । रौतहटको माधन नारायण नगरपालिका–६ घर भएका उहाँसिनियर अहेब हुनुहुन्थयो। मंगलबार बिहान अचानक बेहोस भएपछि उहाँलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । दिउँसो साढे २ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार  १६ : ३८  बजे