रामेछापमा चुनावमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना, एक प्रहरीको ज्यान गयो

काठमाडौं, १८ फागुन । रामेछाप नगरपालिका–२ मा चुनावमा खटिने र चुनाव सामग्री बोकेको गाडी दुर्घटना भएको छ ।  साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको ज्यान गएको र ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । ज्यान गुमाएका प्रहरीको पहिचान खुलिसकेको छैन ।

अहिले प्रहरी र स्थानीयवासीले उद्धार कार्य गरिरहेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार  १७ : ५६  बजे