काठमाडौं, १५ फागुन । केपी शर्मा ओलीले आगामी निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको बताउनुभएको छ।
झापाको दमकमा अनेरास्ववियुले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले चुनावमा हुन सक्ने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने स्पष्ट पार्नुभयो।
उहाँका अनुसार निष्पक्ष निर्वाचन सुनिश्चित गर्न राज्य संयन्त्रले देखाउनुपर्ने गम्भीरता पर्याप्त रूपमा नदेखिएको छ। धाँधली वा चलखेलको आशंका उत्पन्न हुने गतिविधि भए त्यसको सशक्त प्रतिवाद गरिने उहाँले उल्लेख गर्नुभयो।
अध्यक्ष ओलीले युवाहरूलाई सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट फैलाइने भ्रम र दुष्प्रचारप्रति सचेत रहन आग्रह गर्नुभयो। सत्य तथ्य स्थापित गर्न विद्यार्थी समुदायले सक्रिय भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।
वर्तमान राजनीतिक अवस्थालाई चुनौतीपूर्ण उल्लेख गर्दै उहाँले देशलाई निकास दिन निर्वाचन अपरिहार्य बनेको धारणा राख्नुभयो। एमाले चुनावबाट पछि नहट्ने र देशव्यापी रूपमा चुनावी तयारी तीव्र पारिएको उहाँले बताउनुभयो।
आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले जनताका आर्थिक तथा सामाजिक समस्याको समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।









प्रतिक्रिया