यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

काठमाडौ, १५ फागुन ।  हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

शुक्रबार बिहान तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ। बिहानीपख कोशी, बागमती प्रदेशमा एक दुई स्थानमा छिटपुट वर्षा पनि भएको छ।

शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू(भामामा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ पूर्वानुमान छ।

तराई भू-भागमा दिउँसोमा भने मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहने पूर्वानुमान छ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  ०७ : ३४  बजे