काठमाडौं, १४ फागुन । चुनावको मुखैमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गनुभएको छ । उहा गए राति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सिंगापुर प्रस्थान गरेको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल प्रहरी स्रोतले पुष्टि गरेको छ । देउवा स्वस्थ्योपचारका लागि सिंगापुर जानुभएको हो । पत्नी डाक्टर आरजु राणा देउवा भने तीन दिन अघि नै सिंगापुर गइसकेको खुलेको छ ।
विशेष महाधिवेशनमार्फत कांग्रेस गगन थापाको नेतृत्वमा गएपछि देउवा अलमलमा हुनुहुन्थ्यो । गृहजिल्ला डडेल्धुराका कांग्रेस समर्थकहरुले देउवा मतदान गर्न भए पनि आउने अपेक्षा गरे पनि अब त्यो सम्भावना समेत सकिएको छ । सभापति थापाले टिकट नदिएपछि निर्वाचनका सबै प्रक्रियाबाट बाहिर रहेका देउवा पार्टीको आधिकारिकता सम्बन्धि विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले थप अन्योलमा फसेको निकस्थ नेताहरु बताउने गरेका थिए । यद्यपि सभापति थापा पक्षका नेताहरुले भने देउवाको सहयोग माग्न हरसम्भव प्रयास गरेका थिए ।
डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक विजयी हुनुभएका देउवा यसपटक भने चुनावमा सहभागी नहुने उहाको सचिवालयले जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले भने पूर्वसभापति सिंगापुर गएकोबारे आफूहरु जानकार नरहेको प्रतिक्रिया दिनुभएको छ । जेनजी आन्दोलनपछि कत्तिक १० गते उपचारका लागि सिंगापुर गएका देउवा दम्पत्ति १८ दिनपछि स्वदेश फर्किनुभएको थियो ।









प्रतिक्रिया