सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

काठमाडौं, ११ फागुन ।  ठगी तथा आपराधिक विश्वासधात र सम्पत्ति सुद्धिकरणको अनुसन्धानमा तानिएकी तुलसा भनिने तुल्सी अधिकारीलाई भ्रम नर्छन प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले एक सूचना जारी गर्दै अनुसन्धान भइरहेको विषयमा भ्रामक सूचना नफैलाउन भन्दै अनुसन्धान गर्ने निकायमा उपस्थित हुन भनिएको छ ।आफूमाथि अनुसन्धान भएपछि चीनबाट सामाजिक सञ्जाल टिकटकमार्फत उनले प्रहरीको आलोचना गर्नुभएको छ। नेपालमा छँदा प्रहरीले छलफलका लागि समेत नबोलाएको तर चीन आएपछि पक्राउ पूर्जी जारी गरेका भन्दै प्रहरीको भूमिकामा उहाँले प्रश्न उठाउनुभएको छ ।
‘म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन । चीन आएपछि पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरो मान्छेहरू प्रहरीमा बुझ्न जाँदा प्रहरीले जाहेरी देखाएन’ तुलसाले भन्नुभएको छ। त्यसपछि प्रहरीले भ्रम नर्छन उहाँलाई अनुरोध गरेको हो । कुमार चिमोरियाले उहाँविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिनुभएको थियो । यसको अहिले पनि अनुसन्धान भइरहेको एसपी मिश्रले बताउनुभयो ।

यसको अनुसन्धान गर्दा उहाँ सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिनुभएको हो । २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागबाट सुझाव समेत लिएर उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।दुई मुद्दामा अनुसन्धान भइरहेको विषयमा अनुसन्धाननलाई नै प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेष्ण जस्ता कार्य पुनः अनुसन्धानको विषय बन्ने तर्फ समेत उनलाई प्रहरीले सजग गराएको छ ।

 

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार  १७ : २६  बजे