काठमाडौं, ११ फागुन । सिमकोट गाउँपालिका-७ डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।प्रहरीका अनुसार उनी राति आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले जानकारी दिनुभयो ।
21
Shares









प्रतिक्रिया