नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

काठमाडौं, १० फागुन ।नेपाली सेनाले देशभरका ४३ जिल्लामा निर्वाचन सामग्री पुर्‍याएको छ। निर्वाचन पूर्व तयारी अन्तर्गत सेनाले निर्वाचनका सामग्री ढुवानी कार्य तीव्र रूपमा अघि बढाएको हो।हाल १२ जिल्लामा सामग्री पुर्‍याउने काम जारी रहेको र बाँकी २२ जिल्लामा पनि क्रमशः सामग्री पठाइने जानकारी दिइएको छ।

तीन हिमाली जिल्लामा भने हुम्ला,मुगु र डोल्पामा हवाईमार्फत सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ। आइतबार मात्रै डोल्पामा सेनाको स्काई ट्रकमार्फत मतपत्र, मतपेटिका, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर तथा रंगिन मतदाता नामावलीलगायत सामग्री पुर्‍याइएको छ।अब मनाङ र मुस्ताङमा पनि हवाई साधनमार्फत निर्वाचन सामग्री लैजाने तयारी गरिएको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार  २० : १६  बजे