काठमाडौं, १० फागुन । विशेष अदालत ले पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
आइतबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री श्रेष्ठबीच आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको छ। आयोगले गत असोज २२ गते श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगले श्रेष्ठसँग ७८ लाख रुपैयाँ विगो कायम गर्दै मुद्दा दर्ता गरेको जनाएको छ। पोखरा महानगरपालिका–१६ स्थित दीप विर्ता ९लिची बगैँचा० क्षेत्रअन्तर्गत नक्सा नम्बर २५, २६ र २८ को जग्गा प्रकरणमा श्रेष्ठको संलग्नता रहेको आरोप छ।
पोखराको बाटुलेचौरस्थित लिची बगान क्षेत्रको १३४ रोपनी जग्गा हडप्ने प्रयोजनका लागि पूर्वमन्त्री गुप्ता, पूर्वमन्त्री श्रेष्ठ र बिचौलिया सुजन लामाबीच घुससम्बन्धी ‘डिल’ भएको अडियो विधिविज्ञान प्रयोगशालाबाट प्रमाणित भएपछि मन्त्री गुप्ताले राजीनामा दिनुभएको थियो।









प्रतिक्रिया