कोशीसहित देशका ४ प्रदेशमा आज मेघगर्जन–चट्यांगसहितको वर्षा र हिमपात हुँदै

काठमाडौ, ८ फागुन  । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । शुक्रबार बिहान कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको हो। साथै बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

त्यस्तै, शुक्रबार दिउँसो भने देशका हिमाली भू–भागमा साधरणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी–हिमाली भू–भागको केही स्थानमा हल्का वर्षा(हिमपातको सम्भावना रहेको हो । तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने भएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी–हिमाली भू–भागको केही स्थानमा हल्का वर्षा(हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो। त्यस्तै, शुक्रबार राति भने कोशी, बागमती प्रदेश र बाँकी हिमाली भू–भागमा साधरणतया बादल लाग्ने भएको हो। मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ। तराई भू–भागका केही स्थानहरूमा भने तुँवालो रहने छ । कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको केही स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार  ०८ : ०१  बजे