नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं,  फागुन ७ । नेपाली काँग्रेसले प्रतिनिधि सभा चुनाव २०८२ को प्रतिज्ञापत्रको पूर्ण विवरण सार्वजनिक गरेको छ । हिजो धनुषामा आंशिक रूप सार्वजनिक गरेको कांग्रेसले आज काठमाण्डौमा प्रश्नोत्तर कार्यक्रम पछि प्रतिज्ञापत्रको पूर्ण विवरण सार्वजनिक गरेको हो ।

दुई सय पृष्ठ लामो कांग्रेसको प्रतिज्ञापत्र सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित छ । कांग्रेसले २०४८ सालयता सार्वजनिक पद धारण गरेका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने उल्लेख गरेको छ ।

वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि, पाँच वर्षमा कम्तीमा १५ लाख रोजगारी सिर्जना, १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने र विद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट पुर्‍याउने लक्ष्य पनि कांग्रेसले लिएको छ ।

३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार, क्यान्सर र मिर्गौला जस्ता गम्भीर रोगका बिरामीलाई उपचार खर्च र विपन्नलाई निःशुल्क स्वास्थ्य बिमाको ग्यारेन्टी गर्ने कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ ।

Congress manifesto 082 Final

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार  १९ : ३७  बजे