नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ

काठमाडौं, ५ फागुन । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ पर्नुभएको छ । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार (फागुन ५) बास्तोलालाई पक्राउ गरेको हो । उनलाई सुन्धारा आसपास क्षेत्रमा बैठक गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित गतिविधि सञ्चालन गर्दै आएको छ ।

निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको जनाइएको छ । प्रहरीले नेकपा बहुमतसहित बहिष्कारवादी दललाई निगरानीमा राखेको छ । निर्वाचनविरोधी गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले सोमबार ९फागुन ४० मा दुर्गा प्रसाईंलाई पक्राउ गरी हिरासतमा लिएको थियो ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार  २० : ३२  बजे