प्रहरी नियन्त्रणमा लियो बीच सडकमा गाडीबाट उत्रिएर वृद्ध कुट्ने व्यक्ति

काठमाडौं, ५ फागनु । सार्वजनिक स्थलमा वृद्धमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय कार चालक पारस बम रहेका छन् ।

बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए । वृद्धमाथि कुटपिट गरेको भिडिओ भाइरल भएपछि प्रहरीले छानविन अघि बढाएको थियो । सोही क्रममा बालुवाटारबाट कार चालक बमलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।

अहिले बमलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ । बमले ती वृद्धलाई किन कुटपिट गरे भन्ने कारण खुलिनसकेको प्रहरी बताएको छ । कारबाट अर्की एक जना महिला पनि बाहिर निस्किएकी थिइन्, उनि आफ्नो बहिनीसँग हिँडेको बमले बताएको छन् ।

आज दिउँसो बीच सडकमा बा ३ च ११०३ नम्बरको कारबाट ओर्लेर ती वृद्धलाई कुटपिट, गालीगलौज गरिएका भिडियो भाइरल भएको थियो ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार  १८ : ५०  बजे