काठमाडौं, ५ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रसाईं सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ पर्नुभएको थियो। भक्तपुरबाट पक्राउ गरी प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । प्रसाईंले निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोप छ ।उहाँब्ले २१ फागुनमा कुनै हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक रुपमा बोल्दै हिड्ुनुभएको थियो । यसअघि वीरगञ्ज जान लागेका बेला प्रसाईंलाई चाल्नाखेलबाट प्रहरीले पक्राउ गरेको थियो । त्यो भन्दा अघि पनि उहाँ पोखराबाट पक्राउ पर्नुभएको थियो । निर्वाचनको मिति तोकिएयता मात्रै प्रसाईं तीन पटक पक्राउ पर्नुभएको थियो ।









प्रतिक्रिया