देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने

काठमाडौं,फागुन ५ ।  मंगलबार तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सुरकुहिरो रहनेछ। देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

मंगलबार राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार  ०७ : २०  बजे