काठमाडौं, ४ फागुन । बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुनुहुने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिनुभयो।
परराष्ट्रमन्त्री शर्मा आजै बंगलादेशको राजधानी ढाका प्रस्थान गर्नुहुनेछ।
हालै सम्पन्न निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले दुईतिहाइ बहुमत प्राप्त गरेको छ। पार्टीका प्रमुख तारिक रहमानले मंगलबार प्रधानमन्त्री पदको सपथ लिनुहुने कार्यक्रम तय भएको जनाइएको छ।









प्रतिक्रिया