अध्यक्ष ओली मतदाता भेटघाटका लागि टोल टोलमा, आज पूर्वी गौरादहका ११ ठाउँमा सहभागी हुने

झापा, २८ माघ । नेकपा एमालेको अध्यक्ष एवं झापा क्षेत्र नं ५ का उम्मेद्वार केपी शर्मा ओली आज झापाको पूर्वी गौरादहका ११ ठाउँमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

पार्टीको गौरादह नगर कमिटीले दिएको जानकारी अनुसार ११ बजे गौरादहको चारालीबाट सुरु हुने कार्यक्रम अपरान्ह ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ ।

पार्टीले दिएको जानकारी अनुसार ११.४५ बजे पेट्रोलपम्पमा,१२.३० बजे डिठा चौकमा,१ बजे हाँसखोरामा मतदातासँग भेटघाट कार्यक्रम राखिएको छ । यसैगरी १.३० बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा,२ बजे ठकठकेमा कार्यक्रम राखिएको छ ।

यस्तै २.३० बजे बैराती,३ बजे जुरोपानी र ३.३० बजे ग्वालडुब्बामा भेटघाट राखिएको छ । यस्तै ४.१५ बजे जामबाडी र ४.४५ बजे जयबहादुर अधिकारीको टोलमा कार्यक्रम राखिएको नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले टोलटोलमा आयोजना गरिएका भेटघाटमा मतदाताका समस्या सुन्ने त्यसलाई सम्बोधनको प्रतिवद्धता जनाउने गर्नु भएको छ ।

अध्यक्ष ओलीसँगको साक्षात्कारमा मतदाताले स्थानीय क्षेत्रमा भएक भौतिक,शिक्षा र स्वास्थ्यका असुविधाहरुलाई बढी उठाउने गरेका छन् । अध्यक्ष ओलीले हिजो पश्चिम गौरादहका बालबथान देखि स्कूलचौनसम्मका १० ठाउँमा मतदातासँग भेटघाट गर्नुभएको थियो ।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार  १० : ३२  बजे