युवा संघको वडा समिति गठन

काठमाडौं, २५ माघ ।  नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल दमक नगर अन्र्तगत वडा नं. ६ को यहि २२ गते वडा कमिटी गठन गरिएको छ । झापाको दमक स्थित नेकपा एमालेको वडा नं.  ६ स्थित निर्वाचन परिचालनको कार्यालयमा भएको भेलाले शुक्रराज लिम्बुको अध्यक्षतमा २५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । त्यस्तै नव गठित समितिको उपाध्यक्षमा आरएन श्रेष्ठ, सचिव सुभम श्रेष्ठ, सहसचिव इब्सन मगर र मनिसा खड्का रहेका छन् । त्यस्तै संघको कोषाध्यक्षमा सुबोध चम्लागाई रहेको युवा संघका नगर कमिटी सचिव कमल गैरेले जानकारी दिनुभयो ।

कार्यक्रममा युवा संघ नेपालकी केन्द्रिय सचिव निशा लिम्बुले नवगठित समितिका पदाधिकारी तथा सदस्यलाई बधाई दिदै अव युवाहरु देश बनाउने काममा एक भएर लाग्नु पर्ने बताउनु भयो । झापाको निर्वाचन क्षेत्र नम्बर ५ अहिले विश्वमा नै चर्चाको शिखरमा छ । यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीको गृह क्षेत्र भएकाले कुनै पनि बहानामा जित्नु पर्ने बाध्यता छ । देश वचाउन देशमा जेएनजी आन्दोलनको क्रममा ध्वस्त राष्ट्रिय सम्पदा निर्माण गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जिताउनु पर्ने हाम्रो अबिभारा रहेको छ ।

कार्यक्तममा नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्र भण्डारीले युवाहरुले भ्रमलाई चिरेर सत्यतथ्य बिषय बाहिर ल्याउन निर्देशन दिनुभयो । अहिले समाजको नेतृत्व युवा पुस्ताबाट हुने पर्नेमा जोड दिदै अगिल्लो पुस्ताका अनुभव ज्ञानलाई ग्रहण गर्दै अघि बढ्न सुझाव दिनुभएको छ ।

कार्यक्रम संघका वडा संयोजक मनिसा खड्काको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार  १९ : २१  बजे