काठमाडौं, २४ माघ । नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढल्नुभएका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ।
मोरङको विराटचोकमा शुक्रबार नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला एसपी घिमिरे अचानक बेहोस भएर ढल्नुभएको थियो।
तत्काल उपचारका लागि विराट मेडिकल कलेज लगिएका उहाँको राति ८ बजेर ५२ मिनेटमा निधन भएको हो।सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले घिमिरेको निधन भएको पुष्टि गर्नुभएको छ। बैठकका क्रममा ढलेपछि उहाँको जिब्रो काटिएको र उच्च रक्तचापसमेत देखिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।









प्रतिक्रिया