वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौं, २४ माघ ।  हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो ।
थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार  ०९ : २४  बजे