गृहभूमि झापामा ओलीको पुनरागमन, ‘सूर्य उदाउने’ दाबी

झापा, २३ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुग्नुभएको छ। शुक्रबार चन्द्रगढी विमानस्थल हुँदै उहाँ निर्वाचन क्षेत्र झापा आउनुभएको हो।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीज्यूले यसपटक झापा पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गर्नुभयो। झापाली जनताले एमालेप्रति निरन्तर माया, भरोसा र समर्थन दिँदै आएको उल्लेख गर्दै उहाँले पार्टीलाई अझ सशक्त बनाउने जिम्मेवारी नेता, कार्यकर्ता तथा समर्थक सबैको साझा दायित्व भएको बताउनुभयो।

उहाँले झापालाई ‘सूर्यमय’ बनाउने अभियानमा सबै पक्ष आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष ओलीज्यूलाई चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्की, पूर्व सभामुख माननीय देवराज घिमिरे, पूर्वमन्त्री माननीय देवेन्द्र दाहाललगायत पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो।

पार्टी स्रोतका अनुसार अध्यक्ष ओलीज्यू आगामी एक सातासम्म झापामै बस्नुभई संगठन सुदृढीकरण तथा राजनीतिक गतिविधिमा सहभागी हुनुहुनेछ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार  १७ : २६  बजे