फागुन २१ को चुनावलाई मौसमले असर गर्दैन – निर्वाचन आयोग

काठमाडौं, २३ माघ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातले चुनाव प्रभावित हुन सक्ने आशङ्काबीच निर्वाचन आयोगले आउँदो फागुन २१ गतेको मौसमले असर नपार्ने देखिएको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मौसम विज्ञान विभागले उपलब्ध गराएको मौसमको पूर्वानुमानमा फागुन २०, २१ र २२ गते हिमाली क्षेत्रमा सुक्खा रहनेछ । साथै ३ दिन वर्षाको सम्भावना पनि नदेखिएको रिपोर्ट विभागले दिएको आयोगले जनाएको छ ।

आज प्राप्त मौसम प्रतिवेदनअनुसार मतदानलाई मौसमका कारण कुनै समस्या नदेखिएको तर अप्रत्याशित परिवर्तन भएमा सम्बन्धित निकायबा

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार  १७ : १८  बजे