सार्वजनिक भयो राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी

काठमाडौं, २१ माघ । राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले जर्सी अनावरण गर्नुभयो । साथै क्यानसँग एक्स्ट्रिम इनर्जी ड्रिंकको साझेदारी पनि भएको छ ।

महिला किक्रेट टोलीलाई एक्स्ट्रिम इनर्जी ड्रिन्क्सले वार्षिक ८० लाख रुपैयाँको प्रायोजन गरेसँगै नयाँ जर्सी सार्वजनिक गरिएको हो । उक्त जर्सी थाइल्याण्डमा हुने खेलमा पहिलो पटक प्रयोग गर्नेछ ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार  १६ : १०  बजे