काठमाडौं, १९ माघ । नेकपा एमालेनिकट युवा संघले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सङ्गठनका सबै सदस्यहरूलाई परिचालित गर्ने भएको छ।युवा सङ्घका अध्यक्ष माहाराज गुरुङ विज्ञप्ति जारी गर्दै १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमान्डर बनाउने निर्णय भएको बताउनुएकोम छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पिरामिड शैलीमा समन्वय, सहकार्य र परिचालित गर्ने गरी प्रत्येक तहमा निर्वाचन परिचालन कमान्ड बनाएको छ । केन्द्रमा सङ्गठनका अध्यक्ष कमरेड माहाराज गुरुङको नेतृत्वमा ५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमान्ड बनाएको छ । प्रदेशगत रूपमा मातहतका निर्वाचन परिचालन कमान्डहरूलाई संयोजन र नेतृत्व गर्ने गरी पदाधिकारी र सचिवालय सदस्यहरूलाई जिम्मेवारी प्रदान गरेको छ ।’ कमान्डमा सङ्गठनद्वारा तोकिएको केन्द्रीय सदस्यको नेतृत्वमा निर्वाचन क्षेत्र अन्तर्गत मतदान केन्द्र भएका सङ्गठनका केन्द्रीय निकाय तथा केन्द्रीय विभागका सदस्यहरू र सम्पूर्ण मातहत कमिटी प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र टोल कमिटीका पदाधिकारी तथा सदस्यहरू रहने निर्णय गरेको छ।बैठकले प्रतिनिधिसभा निर्वाचन परिचालन कमान्ड अन्तर्गत ६७४३ वटै वडामा वडा कमान्डर र १० हजार ९६७ वटै बुथमा बुथ कमान्डर तोकेको छ।विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन परिचालन कमान्डहरूले उम्मेदवारहरूलाई जिताउन आवश्यक प्रचारप्रसार रणनीति बनाउने, आम मतदातामा जागरण ल्याउने, मतदानका लागि भयरहित वातावरण बनाउने र उम्मेदवारसहितको सुरक्षा प्रबन्ध गर्नेछन् ।’









प्रतिक्रिया