राष्ट्रपति पौडेल आइतबार जापान जाने, मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत

काठमाडौँ, १५ माघ ।  राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ (आइतबार) गते जापान भ्रमणमा जाने हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

अर्यालका अनुसार, राष्ट्रपति पौडेलको प्रतिनिधिमण्डलको टोली माघ १८ गते जापान भ्रमणमा जाँदैहुनुहुन्छ। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडले त्यसतर्फ जान लाग्नुभएको हो ।‘नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको उपलक्ष्यमा २०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ,’ गृहमन्त्री एवं प्रवक्ता अर्यालले भन्नुभयो।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार  १८ : ४०  बजे