दरबारमार्गमा रहेको उडल्याण्ड होटलमा आगलागी

काठमाडौं, १५ माघ ।  काठमाडौँको दरबारमार्ग स्थित उडल्याण्ड होटलमा आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताउनुभयो । आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

 

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार  ११ : १०  बजे