विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १४ माघ । बझाङको बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्टसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।सार्वजनिक सम्पत्ति हानिरनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र विष्टसहित विद्यालयका लेखापाल हर्कबहादुर विष्ट, बित्थडचिर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट, सब–इन्जिनियर किरण भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले विद्यालयलाई मनपरी ढङ्गले सञ्चालन गरेको, विद्यालयको विभिन्न शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र लेखापालसँग जनही २६ लाख ५४ हजार ६ सय ८३ रुपैयाँ तथा प्रमुख प्रशासकीय अधिकृत र सब–इन्जिनियरसँग् जनही २० लाख १ हजार ७ सय ७९ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार  २० : ४३  बजे