काठमाडौं, माघ १२ । राष्ट्रिय लिग फुटबलमा आज भएका खेलमा मनाङ मस्याङ्दी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा मनाङ मस्याङ्दीले काँक्रेबिहार क्लबलाई ५–१ गोलले हरायो । मनाङ मस्याङ्दीका गिडियन नाहले २ तथा सुरेश कुमाल, अनिल कुमार पन्चे मगर र नवराज गुरुङले १र१ गोल गरे । काँक्रेबिहारका सन्दीप देउवाले गोल गरे ।प्रतियोगितामा मनाङ मस्याङ्दीको चार खेलमा यो पहिलो जीत हो । यस्तै काँक्रेबिहारको लगातार चौथो हार हो । यस्तै एन्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा पुलिसले श्री भगवती युवा क्लबलाई १–० गोलले हरायो । पुलिसले उपहार गोल पायो ।
प्रतियोगितामा पुलिसको चार खेलमा यो पहिलो जीत हो । यस्तै श्रीभगवतीको दोस्रो हार हो ।अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।









प्रतिक्रिया