स्थानीयहरु भन्छन्ः मोरङ ३ मा सुनिल शर्माको विकल्प छैन

काठमाडौं, १२ माघ ।  नेपाली काँग्रेसका नेता डा सुनिल शर्माले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि घरदैलो अभियान शुरु गर्नुभएको छ ।मोरङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट उम्मेद्वारी दिनुभएको शर्माले चुनावी प्रचारप्रसारको लागि घरदैलो अभिया शुरु गर्नुभएको हो । यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट सांसद हुनुभएको शर्मा फेरि सांसद बन्ने दौडमा हुनुहुन्छ । यहाँका जनताको स्वास्थ्य र शिक्षामा शर्माको ठूलो योगदान रहेको यहाँका स्थानियहरु बताउँछन् । निर्वाचन जितेर गएपछि शर्माले यस क्षेत्रको विकासमा ठूलो योगदान दिएको उनीहरुको भनाई छ । डा शर्माले यहाँका स्थानियहरुको निःशुल्क उपचार गर्ने गरेको स्थानीय बताउँछन् । फेरि पनि यस क्षेत्रबाट सुनिल शर्मा नै चुनाव जित्ने उनीहरुको भनाई छ ।

नायिका रेखा थापाकी आमा सरस्वती थापाले डा. शर्माले जति मोरङको क्षेत्र नम्बर ३ मा कसैले विकासको काम गर्न नसकेको बताउनु भयो । यसपटक अरु उम्मेद्वारले नउठेपनि हुन्थ्यो नी जस्तो आफूलाई लागेको पनि उहाँको भनाई छ । मृत्युको मुखमा पुगेका विरामीलाई पनि उपचार गराएर बचाउने गरेको भन्दै उहाँले यहाँभन्दा ठूलो धर्म अरु केही नहुने बताउनु भयो । उहाँले निर्वाचनमा अब फेरि पनि डा शर्मालाई नै जिताएर पठाउनुपर्ने बताउनु भयो । सुन्दरहरैचा १२ की स्थानीय सीता ढकालले आफू डा शर्माकै मतदाता रहेको र रहिरहने बताउनु भयो । आफ्नै काका भानुभक्त ढकाल मन्त्री हुँदा आफूलाई सहयोग नगरेको प्रसंग निकाल्दै उहाँले डा शर्माले सधैँ समस्या पर्दा सहयोग गर्ने गरेको बताउनु भयो ।
देविमाया ढकालले सुनिल शर्माले सबै गरिबहरुको निःशुल्क उपचार गरिदिएको बताउनु भयो । सोही कारण आफूहरुको रोजाई डा शर्मा नै हुने उहाँको भनाई छ । अरुणकुमार पण्डितले नयाँ उम्मेद्वारहरु आएपनि यो क्षेत्रमा डा सुनिल शर्माकै पकड क्षेत्र रहेको बताउनु भयो । यहाँका विपन्न जनतालाई डा शर्माले निःशुल्क उपचार गराउने गरेकोले पनि शर्माप्रति मान्छेको लगाव रहेको उहाँको भनाई छ । स्थानीय मनोज सापकोटाले विगतको तुलनामा डा शर्माले जितेर गएपछि धेरै राम्रो काम गरेको देखिएको बताउनु भयो ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार  १९ : १७  बजे